तपाईँ काठमाडौं चक्रपथको यात्रा गर्दै हुनुहुन्छ भने विशेष सावधानी अपनाउनु होला ।

संघीय राजधानी काठमाडौंमा प्रदूषणसँगै चक्रपथको धुलोमा मानव स्वास्थ्यका लागि खतरनाक मानिने कडा खालका धातुहरु ठूलो मात्रामा भेटिएको छ । नाष्टले  चक्रपथको ४० स्थानबाट संकलन गरेको धुलो परीक्षण गर्दा प्रति एक ग्राम माटोको  धुलोमा करिब ४ हजार १ सय ३० माइक्रोग्राम फलाम भेटिएको हो ।

त्यस्तै प्रति एक ग्राम माटोको धुलोमा १ सय २९ माइक्रोग्राम जिंक, २० माइक्रो ग्राम सिसा लगायत ५ प्रकारका धातु रहेको छ । अर्थात्, धुलोमा माटोको मात्राभन्दा कडा धातुको मात्रा बढी देखिएको छ ।

चक्रपथको धुलोमा भेटिएका यस्ता हानिकारक धातुले आँखा लगायत बाहिरी शरीरमा मात्र होइन, सास फेर्दा फोक्सोसम्मै पुग्न सक्छन् ।

नांगो आँखाले देख्न र साधारण मास्कले पनि छेक्न नसक्ने यी धातु रगतमै मिसिने जोखिम उच्च रहेको वैज्ञानिक बतउँछन् ।

काठमाडौंमा धुलो धुवाँ र प्रदूषण न्यूनीकरणका लागि चौतर्फी दबाब रहे पनि धुलोमै मिसिन सक्ने धातु नियन्त्रणका लागि गम्भीरतापूर्वक पहल भएको देखिँदैन ।

उद्योग, कार्यालय तथा घरबाट खेर गएका धातुको व्यवस्थित विर्सजन गरी मानव स्वास्थ्यप्रति सबै राजधानीवासी संवेदनशील बन्नु जरुरी देखिएको छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार