बुटवल–अर्घाखाँचीको सीतगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

भिरमा घाँस काट्ने क्रममा रुखबाट खसेर शितगंगा–११ सिद्धाराद फोर्सल बस्ने २६ वर्षीया पुष्पा आलेको मृत्युु भएको प्रहरीले जनाएको छ ।

घरनजिकै भिरमा रहेको खन्युको रूखमा चढेर घाँस काट्ने क्रममा टेकेको हाँगो भाच्चिएर एक्कासी भिरबाट ६० मिटर तल खसी घाइते भएकी आलेको उपचारका लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतकको श्रीमानसँगै डेढ वर्षका  छोरा रहेका छन्।

यसैगरी श्रीमानको कुटपिटबाट सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री रहेको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । लगत्तै उनको मृत्यु भएको थियो ।

अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार