काठमाडौँ । केही हप्तादेखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव फेला परेको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएपछि परिवारले खोजि तिव्र बनाएको थियो ।
शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले शव भेटिएको खबर पाएको छ ।
अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएका थिए । केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए ।
डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत उनका साथिहरु बताउँछन् । janaboli
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







