काठमाडौं । एक विद्यालयमा आगलागी हुँदा ठुलो क्षति भएको छ । फरीदाबादको एक स्कुलमा आगोलागी भएको हो । जानकारी अनुसार गंगा ३३ फुट रोड स्थित स्कूलमा आगलागी भएपछि दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
विद्यालयमा आगलागीपछि त्यहाँ भागाभागको अवस्था सिर्जना भएको छ । आगलागीको समयमा विद्यार्थीहरु भित्र भएको हुँदा उनीहरु बचाउँ–बचाउँ भन्दै चिच्याइरहेका थिए । अहिले उक्त आगलागीमा फसेका बच्चाहरुको उद्धार गरिएको छ । केही बच्चाहरु घाइते भएको हुँदा उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।
यस दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २ जना विद्यार्थी र एक जना विद्यालयका अधिकारीको ज्यान गएको छ । यो घटना भारतको हरीयाणा राज्यको हो । केही दिन पहिले गुजरातको सुरतमा भएको आगलागीमा २२ जनाको ज्यान गएको थियो । भारतमा नरेन्द्र मोदीको पार्टी भाजपाले प्रचण्ड मत ल्याएर जितेको भोलीपल्ट नै एक ट्युशन सेन्टरमा आगलागी भएको थियो ।
नेपालमा शनीबार सार्वजनिक विदा हुँदै आएको छ भने भारतमा हरेक आइतबार विदा हुने गर्दछ । त्यसैले आजको यस दुर्घटनामा धेरै क्षति भएको हो ।janaboli
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







