काठमाडौ । अभिभावकसँगको रिसइबी साँध्न दुई वर्षीया बालिकाको हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने बारा जिल्ला, महागढीमाई नगरपालिका–१ की कलावती देवी गिरी हुन् । उनलाई दुई वर्षीया बालिकाको मुख र योनीमा कपडा कोचेर फालेको आरोप छ ।

हिँजोमात्र भारतमा यस्तै विभत्स घटना भएको थियो । बाबु आमासँग १० हजार ऋण दिएको रकम नमिल्दा छिमेकीले २ बर्षीय बालकका आँखा फोरेर, हात खुट्टा छिनाएर हत्या गरेका थिए । त्यसैको नक्कल जस्तो घटना नेपालमा देखिएको हो ।

प्रहरीका अनुसार उनले घर अगाडि खेलिरहेकी बालिकालाई एकान्तमा लगी हातखुट्टा बाँधेर मुख र योनीमा कपडा कोचेर फालेकी थिईन । प्रहरीले सूचनाका आधार मा उनलाई समातेको हो ।

महिलालाई जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । यी महिला यति धेरै क्रर कसरी बनिन् भन्ने विषयमापनि प्रहरीले अध्ययन गरिरहेको बताइएको छ ।janaboli

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार