विराटनगर– नेपाली कांग्रेसभित्र उत्पन्न विचलनलाई चिर्न सबै तहमा परिवर्तनको आवश्यकता रहेको नेपाली कांग्रेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन्।

विराटनगरमा शनिबार नेपाल विद्यार्थी संघद्वारा आयोजित कार्यक्रममा नेता सिटौलाले विभिन्न गुट–उपगुटमा रुमलिएको पार्टीभित्र तल्लो निकायबाट नै परिवर्तन हुनु पर्नेमा जोड दिए।

नेपाली जनता सरकार र स्वयं नेपाली कांग्रेसको रबैयाबाट निराश रहेको बताएका नेता सिटौलाले समृद्ध मुलुक र नेपाली कांग्रेसको सुन्दर भविष्यका लागि सबै एक भएर अघि बढ्नुपर्ने उनले बताए।

लोकतान्त्रिक पार्टीमा गुट–उपगुट भएपनि स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका नेता सिटौलाले पार्टी भित्रको चरम निराशालाई चिर्न नेतृत्वले नसकिरहेको उल्लेख गरे। यसका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म सबैमा परिवर्तनको खाँचो रहेको उनको भनाइ छ।

विद्यार्थी तथा कार्यकर्ताको गुनासो सुन्ने क्रममा उनले भने, ‘आगामी दिनमा पार्टीलाई कसरी सहज ढंगबाट अघि बढाउन सकिन्छ, त्यस विषयमा नेतृत्व तहमा आवश्यक छलफल चलाउने छौँ।’

त्यसैगरि कार्यक्रममा विद्यार्थीका नेताहरुले पार्टी भित्र अनुशासनको कमी भएको उल्लेख गर्दै पार्टी नयाँ नीति तथा योजनाका साथ अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार