मुरादावादको कलोनी चौराह नजिकै केटी जिस्क्याउने एक युवकलाई दुई बहिनी मिलेर कुटपीट गरेका छन् ।
मरणासन्न कुटपीट गरेर उनलाई प्रहरीको जिम्मा लगाइएको छ । धेरै दिनदेखि आफ्ना कुरा काट्ने र अश्लील इशारा गर्न थालेपछि ती युवकको बीच बजारमै रामधुलाई गरेको दुबै बहिनीले बताएका छन् ।
यी दुबै साक्कै बहिनी प्रहरीमा भर्ती हुन तयारी गरिरहेका थिए । त्यसैक्रममा हरेक विहान उनीहरु कलोनी चौराहा हुँदै पुलिस लाइन मैदानमा दौडिन्थे । स्थानीय व्यापारीका अनुसार आरोपी युवक उनीहरुका बारेमा धेरै दिनदेखि गलत कुरा काट्ने र जिस्क्याउने कार्य गरिरहेका थिए । अति नै गरेपछि लियाकत नामका ती युवकलाई सबक सिकाउन जमेरै रामधुलाई गरेका हुन् ।
यसरी महिलाले हिंसा नसहेर प्रतिकार गरे महिला हिंसा आफै अन्त्य हुने सरोकारवाला बताउँछन् ।
हेर्नुस् भिडियोः
1- भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः
2- भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







