१२ औँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भइरहेको खेलमा बंगलादेश इंग्ल्याण्डले दिएको ३ सय ८७ रनको लक्ष्य पछ्याइरहको छ।

बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनाएको थियो।

बंगलादेशलाई विशाल लक्ष्य दिने क्रममा जेसन रोयले सर्वाधिक १ सय ५३ रन बनाए। १ सय २१ रनको सामना गरेका उनले १४ चौका र ५ छक्का सहित १ सय ५३ रन जोडेका हुन्। यस्तै जोनी बेइस्टोले ५१, जोस बट्लरले ६४  र कप्तान इयान मोर्गन ३५ रन जोडे।

बलिङतर्फ बंगलादेशका मेहदी हसन मिराज र मोहम्मद सैफुद्दिनले दुई–दुई तथा मश्राफ मोर्ताजा र मुस्ताफिजुर रहमानले एक– एक विकेट लिए।

३ सय ८७ रनको लक्ष्य पछ्याएको बंगलादेश १४ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार