काठमाडौं । लिची गर्मीमा पाइने अनी सबैले रुचाउँने एक प्रमुख फल हो । मिठो र रसिला हुनाले पनि यसलाई मन नपराउने कमै हुन्छन् । मिठो र रसिलो हुनुका साथै स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पर्याप्त पाइन्छ ।

यसका साथै पोटासियम, क्याल्सियम, फस्फोरस र आइरनजस्ता मिनरल पनि पाइन्छ । दैनिक रूपमा लिची खानाले अनुहारमा चमक आउनुका साथै बढ्दो उमेरको कारण देखिने लक्षणहरू समेत अनुहारमा कम देखिन्छ । यसका साथै शारीरिक विकासका लागि पनि फाइदाजनक हुन्छ । तर, लिची खाने बेलामा ध्यान भने पुर्याउनुपर्छ ।

किनकी अधिक मात्रामा लिची खानाले बेफाइदा गर्न सक्छ । धेरै लिची खानाले चिलाउने, एलर्जी, र स्वास लिन समेत अप्ठ्यारो पर्न सक्छ । आउँनुहोस् जानौं लिची खानुका अन्य फाइदा

  • बीटा केरोटिन र ओलीगोनोल प्रसस्त मात्र रहेको लिचीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
  • लिचीले क्यान्सर कोषिकालाई बढ्नबाट रोक्नका लागि मद्दत गर्छ ।
  • शरीरमा चिसो भएको अवस्थामा लिची खानाले तत्काल फाइदा गर्छ ।
  • आस्थ्माबाट बच्नका लागि पनि लिचीको प्रयोग गर्ने गरिन्छ ।
  • लिचीको प्रयोग कब्जियतबाट बच्नका लागि पनि गरिन्छ ।
  • लिची खानाले मोटोपन घटाउन पनि मद्दत गर्छ । यसका साथै यसले इम्युन सिस्टमलाई पनि मजबुत बनाउँछ ।
  • सेक्स लाइफलाई सफल बनाउन पनि लिचीले फाइदा गर्छ ।

 

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार