चिली । चिलीकी एक टिभी रिपोर्टरको लाइभ रिपोर्टङका बेला उनले लगाएको बिकिनी कम्मरसम्म खसेको छ ।
डेलीमेलका अनुसार बेरनारडिटा मिडल्टनले एक न्यूज च्यानलका लागि प्रशान्त महासागरको किनाराबाट ‘शो टिभी मर्निङ एभ्रीवन’को लाइभ रिपोर्टिङका बेला महिला रिपोर्टरको बिकिनी कम्मरसम्म खसेको हो ।
बेरनारडिटा मिडल्टन जब समुन्द्री किनारमा पुगिन् तब स्टुडियोमा रहेका आफ्ना एंकर साथीहरूले समुन्द्रमा नुहाउन चुनौती दिए ।
स्टूडियोमा बसेका न्यूज एंकरले मिडल्टनलाई समुन्द्रको चिसो पानीमा नुहाउन चुनौती दिएका थिए ।
मिडल्टनले चुनौतीलाई स्वीकार्दै आफ्नो कपडा निकालेर समुन्द्रमा नुहाउन पुगेकी थिइन् ।
रिपोर्टर मिडल्टनले पानीमा पहिलो पटक नुहाउँदासम्म त बिकिनी ठाउँमा थियो । तर दोस्रो पटक नुहाउन समुन्द्रमा प्रवेश गर्ने क्रममा मिडल्टनको बिकिनी समुन्द्रको तेज छालले कम्मरसम्म पुगाइ दियो ।
तर उनले आफ्नो बिकिनीलाई तुरुन्त माथि तानेर आफ्ना स्तन छोप्न भ्याइन् । घटनापछि मिडल्टन हाँसेकी थिइन् ।
मिडल्टन सन २०१४ मा पनि चर्चामा आएकी थिइन् । उनले त्यति बेला आफ्नो टाउकोमा ताज लगाएर चिलीका प्रिन्स हैरीलाई विवाहका लागि प्रस्ताव गरेकी थिइन् । एजेन्सी
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







