१२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले न्यूजिल्याण्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।
न्यूजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१ ओभर एक बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको हो।
अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले ५९, हजरातुल्लाह जजाईले ३४, नुर अलि जर्दनले ३१ र अफ्ताब आलमले १४ रन बनाए पनि अन्य ब्याट्सम्याने दोहोरो अंकको रन जोड्न सकेनन्।
अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका जेम्स निशामले पाँच, लोवकी फर्गुसनले चार र कोलिन डे ग्रान्धोमले एक विकेट लिए।
१ सय ७३ रनको लक्ष्य पाएको न्यूजिल्याण्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रिने छ।







