भनिन्छ नेपालमा खान नपाएर भन्दा पनि खान नजानेर धेरै मानिसको मृत्यु हुने गर्छ । मानिसमा लाग्ने कयौँ रोगहरु उनीहरुको खानपिनबाट नै हुने गर्छ अर्थात रोग लाग्नुको कारण खाना नै हुने गर्छ । जस्तै मोटरसाइकलमा पेट्रोलको सट्टा पानी हाल्यो भने पक्कै गुड्दैन ।

मानिसको शरिर पनि त्यस्तै नै हो जुन बेला जे चाहिएको छ त्यही नै सेवन गनुपर्छ । खानपीनमा गरीएको लापर्वाहीका कारण हामी स्वास्थ्य समस्यामा पर्ने गछौं । यस्तैमा आज हामी तपाईहरु लाई बिहिाना उठ्ने बित्तिकै खाली पेटमा खान हुने र नहुने कुराको जारेमा केहि जानकारी दिन गईरहेका छौं ।

धेरै मानिसहरुको बिहाना उठ्ने बित्तिकै चिया वा कफी खाने हुन्छ । बास्तवमा बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु मानिसको स्वास्थ्यको लागी लाभदायक भने हुदैन् । बिहान खाली पेटमा चिया वा कफी खाने गर्नाले पेटमा ग्यास भरिने, अपच हुने आदि हुनसक्छ ।

दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दहीका सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ । मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्नेछ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ । जसका कारण ग्यास्ट्रीक, अपच तथा अल्सर समेत हुन सक्छ । कोल्ड ड्रिङ्क्समा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा बान्ता हुनसक्छ ।

बिहाना खाली पेटमा खानेकुराहरु हल्का र चिल्लो नभएको हुनु पर्छ । यस्तै बिहाना उठ्ने बित्तिको पानि पिउने बानी बसे त्यसले स्वाथ्यलाई लाभ गर्दछ । बिहाना उठेर चिया र कफीको साटो जुस पिउदा शरिरलाई लाभ हुन्छ । बिहाना चिल्लो पराठा, तारेको खाना लगाएत नखादानै ठिक हुन्छ । भने जाम पाउरोटी जस्ता खानेकुराहरु खादा राम्रो हुन्छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार