कतिपय सामान्य आनीबानीले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । जस्तो कि, खाना खाने शैली, नुहाउने तरिका, हिँड्ने, सुत्ने, बस्ने ।

सामान्यतः के भनिन्छ भने स्वस्थ्य जीवनको लागि स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ । यसमा कस्तो खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुराले समेत अर्थ राख्छ । कहाँ हिँड्ने भन्ने कुरा मात्र होइन, कसरी हिँड्ने भनने कुराले अर्थ राख्छ । कतिबेला सुत्ने भन्ने कुरा मात्र होइन, कसरी सुत्ने भन्ने कुराले पनि अर्थ राख्छ ।

स्वस्थ्य दिनचर्याका लागि उचित आहार, बिहार र बिचार महत्वपूर्ण हुन्छ । यससँगै खाने तरिका, सुत्ने तरिका, बस्ने तरिका पनि सहि हुनुपर्छ ।

खाना खादा के गर्नु हुन्छ र के गर्नु हुदैन ?
१.खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन ।

२.दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।

३.आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।

४.खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।

५.खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हँुदैन ।

६.चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।

७.आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।

७.यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।

खाना खानसाथ हिँड्नु ठिक कि बेठिक ?

-खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।

खाना खाए लगत्तै चिया पिउनु ठिक कि बेठिक ?

– खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।

खाना खानसाथ फलफूल सेवन गर्नु ठिक कि बेठिक ?

– खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूटि्रशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।

के गर्ने सकिन्छ खाना खाये लगत्तै  ?

खाना खानसाथ चिया, कफी, पानी पिउनु पनि ठीक हुँदैन । यद्यपी खाना खानुअघि र खाना खाए लगत्तै थोरै पानी पिउनु राम्रो हो, जसले पचाउन मद्दत गर्छ । खाना खाइसकेपछि सुत्नु वा सुत्ने पोजिसनमा बस्नु पनि पाचन यन्त्रको लागि अनुकुल हुँदैन । खानालाई राम्ररी पचाउनका लागि खाना खाए लगत्तै बज्रासनमा बस्नुपर्छ । कम्तिमा पाँच मिनेट यो आसनमा बस्नु राम्रो मानिन्छ ।

केहि टिप्स हरु 

  • घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ ।
  • खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा उत्तम हुन्छ ।
  • नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।
  • बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ ।
  • दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ ।
  • बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ ।
  • बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ ।
  • बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।
  • खानाको मात्रा सबैका लागि एकैनास हुँदैन । शारीरिक श्रम बढी गर्नेले धेरै र कम गर्नेले थोरै खानुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन ।
  • बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।
  • शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन । खसी, राँगो, बंगुरको मासुले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराको मासुले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुराको मासु पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानि गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।
  • उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् ।
  • गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकैले पनि मुटुलाई फाइदा गर्छ ।
  • हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पुर्याउँछ ।
  • खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ ।
  • दुई छाक मात्रै पेट कसिने गरी खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । त्यसैले थोरै तर धेरैपल्ट उचित खाना खाएर आहार व्यवस्थापन गर्नुपर्छ ।
  • बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार