युरोकप फुटबल २०२० को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा रुसले शानदार जित दर्ता गरेको छ । समूह आई मा रहेको रुसले सान मारिनोलाई ९-० ले हराएको हो ।

रुसको इतिहासमा यो उसको अहिलेसम्मकै फराकिलो जित हो । रुसको जितमा अर्टिओम डज्युबाले चार, फ्योडोर स्मोलोवले दुई तथा फ्योडोर कुड्रयाशोव र एन्टोन मिरान्चुकले एक एक गोल गरे ।

यस्तै सान मारिनोका मिचेल सेभोलीले आत्मघाती गोल गरे ।

रुसले यसअघि सन् १९९५ मा सान मारिनो र २०१५ मा लिचेस्टाइनलाई ७-० ले हराएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार