शरीरमा पानीको कमी हुँदा देखिने पहिलो लक्षण भनेको पिसाबको रंग गाढा पहेलो हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु हो । यसका साथ साथै पत्थरी र विभिन्न यौनसम्बन्धि रोगहरुको संक्रमणबाट पिसाब पोल्ने गर्दछ ।

हामीले कुनै विष वा कडा औषधिको प्रयोगले गर्दा मृगौला वा पिसाब नलिमा हुने त्यसको साइड इफेक्टका कारण पनि पिसाब पोल्ने गर्दछ । गर्भवति भएको महिलाहरुलाई पनि यसको समस्याले निकै सताउने गर्छ । पिसाब पोलेको रोकथामका लागि सबैभन्दा पहिले हामीले पिउने पानीको मात्रा बढाउनु पर्छ ।

सुरुमा विभिन्न घरेलु उपायहरुले यसलाई नियन्त्रण गर्न खोज्नु पर्छ । यदि यस पछि पनि यस समस्याबाट छुट्कारा पाउन नसकेमा डाक्टरको सल्लाह लिन जरुरी देखिन्छ । शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन हुनुका साथ साथै हामी बेहोस् पनि हुन सक्छौं ।

हरेक दिन साँझ र बिहान हामीले नरिवलको पानीको सेवन गर्नाले हामीलाई हुने विभिन्न पिसाबसम्बन्धि रोग निको हुने गर्दछ ।. खानेकुरामा पनि ठोस् पदार्थभन्दा तरल पदार्थ खाने गर्नु पर्छ । हामीले दैनिक खाने खानपान मा विभिन्न पोषण युक्त फलफुल, सागसब्जी अनिवार्य रुपले समावेश गर्नु पर्छ ।

तरकारीमा मेथीको साग सेवन गर्दा पिसाब पोल्ने समस्या कम हुन्छ । त्रिफला चूर्ण अर्थात् हर्रो बर्रो र अमलाको चूर्णलाई एक गिलास पानीमा बेलुका भिजाइ हरेक दिन बिहान–बिहान सेवन गर्नाले पिसाब पोल्ने समस्या कम हुनुका साथै पेटसम्बन्धि धेरै रोग पनि निको हुन्छ ।

फलफूलमा पर्याप्त मात्रामा पानी पाइने जस्तै खर्बुजा, काँक्रा, अनार, आलुबखरा, अंगुर, पाकेको आँपको सेवन गर्नाले पनि पिसाब पोल्ने समस्या कम हुँदै जान्छ । १ हप्तासम्म दिनको दुइवटा आँपको सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

आँपले धेरै गर्मी गर्ने हुँदा यो सँगसँगै प्रशस्त मात्रामा पानी पिउनु जरुरी देखिन्छ । दुई चम्चा धनियाँ लिएर बेलुका भिजाउने र बिहान उठेर यसलाई मिश्रीसँग सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ । १ गिलास गाँजरको रस साँझ बिहान पिउने गर्नाले पिसाब पोल्ने समस्या कम हुन्छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार