परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आज काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ ।
पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
उहाँले प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविसको जङ्गलमा नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको बताउनुभयो । रासस
प्रधानमन्त्री ओलीले नै देशमा अर्बौ भ्रष्टचारलाई वैधानिकता दिएका छन् : डा.बस्नेत
नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिह बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौ भ्रष्टचारलाई संस्थागत रुपले वैधानिकता दिएको गंभीर आरोप लगाएका छन् ।
रातोपाटी अनलाइनमा लामो लेख लेखेर जर्नेल बस्नेतले नेपालको राजनीतिक दलका नेतादेखि कर्मचारी सबै भ्रष्टचारमा लिप्त बनेको भन्दै यसले गर्दा देश समाप्तिको दिशातिर गएको बताए ।

पूर्व जर्नेलको लेखको सानो अंश :
नेपालमा बिनालगामको घोडा दौडेझैँ सरकारमा बस्नेदेखि मन्दिरमा बस्नेलेसम्म भ्रष्टाचारमा तँछाड–मछाड गर्दैछन् ।
मन्दिर, मस्जित, गुम्बा, विद्यालय, विश्वविद्यालय, वन, खोला, प्रधानमन्त्री निवास लगायतका लाखौँ रोपनी जग्गा मन्त्री, नेता, कर्मचारी र विचौलियाको मिलेमतोमा बेचिएका छन् । प्रधानमन्त्री र पार्टीका अध्यक्षका तहबाट गरिने अर्बौं अर्बका भ्रष्टचारलाई राजनीतिक उनीहरुको अधिकारकै रूपमा प्रयोग गरिएका छन् ।
पियनदेखि माथिका पदमा नियुक्ति पाउन पैसाको झोला बुझाउने र पढेर होइन, चोरेर उत्तीर्ण हुनै पर्ने संस्कार झाँगिएको छ । विद्यावारिधि गर्नेदेखि ५ कक्षा पढ्नेसम्मका मान्छेले ‘नेपाल’ भन्दैनन् । केवल नेता, दल, जात, क्षेत्रकै दलाली गर्छन् । कूटनीतिकदेखि सुरक्षा अङ्ग (सेनाबाहेक) का ठूलाबडा नियुक्तिमा समेत पैसाकै व्यापार हुन्छन् ।
विदेशी सङ्घसंस्था र राष्ट्रकै कालो धनमा चुनाव लडेर व्यवस्थापिका पुग्छन् । देशका प्रधानमन्त्रीहरु नै खुलमखुला विदेशीहरुले धर्म प्रचारको निमित्त प्रदान गरेका लाखौँ डलर लिएर तक्मा पनि लगाउँछन् । जनताको इच्छाविपरीत र नेपाल सरकारको पूर्वस्वीकृतिविना लिइने कुनै पनि रकम वा जिन्सी सामान सफेद घुस हुन । त्यस्ता सफेद घुस लिनेलाई देशले पदच्यूत गराएका नजिर संसारमा धेरै छन् ।
दुर्भाग्यवस, नेपालमा भने ‘चोरलाई चौतारो’ भनेझैँ भएको छ । नेताहरु सरकार प्रमुख, मन्त्री हुँदा घुस खुवाउने र बिल भर्पाइ बनाइदिने सचिवहरु निवृत्त भएपछि भ्रष्टाचारबाट नेता बचाउन तिनैलाई पुनः अख्तियारमा नियुक्त गरिन्छ ।
पैसामा व्यक्ति, समाज, शैक्षिक संस्था, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, धार्मिक संस्थासमेत बिकेपछि त्यो देशमा कसैले पनि नैतिक बन्धनमा बाँधिनुपर्दैन ।
त्यसपछि देशको राष्ट्रिय सुरक्षा ओरालो लागिसकेको हुन्छ । नेपालमा त्यही भएको छ ।
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







