‘संसारका श्रमिक तथा उत्पीडित जनता एकजुट हौँ, स्वाभिमान समानता र रोजगारी ग्यारेन्टीको लागि प्रवासी मजदुर एक हौं, विचार संप्रेषण गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापन गरौं’ भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टीको प्रवासि संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदिको चौथो अधिवेसनले १९ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।

कार्य समितिको अध्यक्ष युवराज कार्की  उपाध्यक्ष सेते घर्ती मगर  महासचिव टिकाराम वलि रहनुभयको छ भने कार्यक्रमको अध्यक्षता तिर्थ पाख्रिनले गर्नुभयको थियो ।कार्यक्रम संचालन शिखरले गर्नुभएको थियो । कार्यक्रम सुरुवात सँगै ज्ञात अज्ञात सहिदको नाममा एक मिनेट मौनधारण गर्दै सुरु भएको थियो ।

स्वागत मन्तव्य राख्दै दिपेश परियारले दलाली प्रवृति प्रवासीमा ब्याप्त भयकोले नेपाली जनप्रगतीसिल मोर्चाले सधै डटेर सामना गर्नुमा जोड दिनु भयो । अध्यक्ष टिकाराम  वलिले प्रवासमा रहेर आफ्नो ब्यबसाय चलाएर आफुलाई खाँटी समाजसेवि भन्दै दलाली, तस्करी तथा हुन्डी लगाएतका जनता तथा देसलार्इ अहित गर्नेहरु बिरुद्ध मोर्चा सधै लड्ने बताउनु भयो।

बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याणका संयोजक धर्म केसीले नेपाली राजनितिमा एकमात्र प्रष्ट र देश भक्त रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको नेकपा मात्र रहेको जिकिर गर्दै साउदीमा पनि यो संगठनको भरपुर खाँचो रहेको औँल्याउनु भयो । साथै वलीले नेपालमा सो पार्टीलाई लगाएको प्रतिबन्धलाई लिएर राज्यको कडा निन्दा गर्नुभयको थियो।

कार्यक्रममा जनयुद्धका शहिद पुत्र दुर्गा वलीले हामी प्रतिबन्धित मान्छे शीर्षकमा कविता वाचन गर्नु भयो । नेपाली जनप्रगतिसिल मोर्चाका सल्लाहकार दिल सुब्बाले हिजो पनि लडेर आएको र आवश्यक परे देश र जनताकोलागि फेरि पनि लड्न तयार रहेको बताउनु भयो । उहाँले राज्यको नलायक पन भ्रस्टाचार घुसखोर दलालहरुको बिरुद्ध बोल्दा बन्देज लगाउछभने त्यस्को प्रतिबाद गर्न आपश्यक परे छिटै नेपाल फर्किने पनि बताउनुभयको थियो ।

मोर्चाका पुर्बअध्यक्ष तथा सल्लाहकार भानु प्रदेशी द्वारा गतिशील भाइचारा मोर्चाहरुले पठाएको शुभकामना बाचन गर्दै दलालको बिरुद्ध हामी सबै एकजुट भएर लड्ने बताउनु भयो। अन्य बक्ताहरुले पनि मुक्तकण्ठले साउदीमा नेपाली जनप्रगतिसिल मोर्चा हिजो भन्दा झन द्रुत गतिमा अगाडि बढोस भनी सुभकामना दिनु भयको थियो ।

नेपालि जनप्रगतिसिल मोर्चा चौथो अधिवेशन सभाअध्यक्ष तिर्थ पाख्रिनले कार्यक्रम समापन गर्दै,, आफ्नो भनाई राख्नु भयको थियो । राज्यकै आडमा प्रवासमा पनि दलाली धन्दा चलाएर हुन्डी ब्यवसाय चलाएकालाई उन्मुक्ती दियर हामीलाई प्रतिबन्ध लगायको बिरुद्ध अब एकमात्र बिकल्प प्रतिबाद गर्नुपर्ने अबस्था आएको बताउनुभयो ।

साउदी मोर्चाको नयाँ कार्यसमिति यसप्रकार रहेको छ : युवराज कार्की,कसम घर्तिमगर,शुरेस ओली,लक्ष्मण जिसि,बिपिन शर्मा
सचिवालय सदस्य: हिक्मत रोक्का,मगर, राम थापा,कैलाश मैनाली,गणेश अर्याल,इन्द्र बि क ,इस्लाम अलि

सदस्यहरु: थोम गुरूड़्,माधब घिमिरे,शन्देश मगर ,तोया भट्ट,केदार रावत,मोहन बिक,राम खत्री,बिर ब खड्का . मोर्चा सल्लाकार: दिल शुब्बा,तिर्थ पाख्रिन , भानु पर्देशीलगायत रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार