एजेन्सी । ग्रेटर नोएडा एक्शटेन्शनको एक मंदिरमा पुजारीको अश्लील करतुतको पर्दाफास भएको छ ।
यद्यपी, ग्रेटर नोएडा एक्सटेन्शनको अकबरपुर गाउँको शिव मंदिरमा पूजापाठ गर्ने नाममा पुजारीले जनावरका अंग र खागको धन्धा गर्दै आएका छन् । गाउँलेले यो कुराको सुइको पाएपछि पुलिसलाई सूचना दिएका छन् । पुलिस अनुसन्धानमा पुजारीसँग हरिणको सिङ र छाला बरामद भएको छ ।
गाउँलेका अनुसार एउटा घाइते हरिणको हरेचाह गर्न मन्दिरका पुजारीलाई जिम्मा दिइएको थियो । तर, केही समयदेखि हरिण वेपत्ता भएपछि अचानक एकदिन भक्तजनहरुले पुजारीको जग्यमा सिङ र छाला देखे ।
गाउँलेहरुको बुझाईमा पुजारीले कुनै ट्रेण्ड व्यक्तिलाई बोलाएर हरिणको सिङ निकाल्न लगाए र हरिणको खाग पनि निस्कियो ।यसरी पुजारीले धर्मकर्मको नाममा जनावरका अंगहरुको तस्करी गरिरहेको खुलासा भएको हो ।


https://www.youtube.com/watch?v=9GTAOdfnWgE







