एजेन्सी । पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ ।

शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिर आएको हो । घटना भारतको राजधानी नयाँदिल्लीको हो । दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको हो ।

पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी थिए, त्यही क्रममा प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए ।

प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर परिवारलाई खबर पठाएको छ । एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् । परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए ।dainiknepal

प्रधानमन्त्री ओलीले नै देशमा अर्बौ भ्रष्टचारलाई वैधानिकता दिएका छन् : डा.बस्नेत

नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिह बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौ भ्रष्टचारलाई संस्थागत रुपले वैधानिकता दिएको गंभीर आरोप लगाएका छन् ।

रातोपाटी अनलाइनमा लामो लेख लेखेर जर्नेल बस्नेतले नेपालको राजनीतिक दलका नेतादेखि कर्मचारी सबै भ्रष्टचारमा लिप्त बनेको भन्दै यसले गर्दा देश समाप्तिको दिशातिर गएको बताए ।

पूर्व जर्नेलको लेखको सानो अंश :

नेपालमा बिनालगामको घोडा दौडेझैँ सरकारमा बस्नेदेखि मन्दिरमा बस्नेलेसम्म भ्रष्टाचारमा तँछाड–मछाड गर्दैछन् ।

मन्दिर, मस्जित, गुम्बा, विद्यालय, विश्वविद्यालय, वन, खोला, प्रधानमन्त्री निवास लगायतका लाखौँ रोपनी जग्गा मन्त्री, नेता, कर्मचारी र विचौलियाको मिलेमतोमा बेचिएका छन् । प्रधानमन्त्री र पार्टीका अध्यक्षका तहबाट गरिने अर्बौं अर्बका भ्रष्टचारलाई राजनीतिक उनीहरुको अधिकारकै रूपमा प्रयोग गरिएका छन् ।

पियनदेखि माथिका पदमा नियुक्ति पाउन पैसाको झोला बुझाउने र पढेर होइन, चोरेर उत्तीर्ण हुनै पर्ने संस्कार झाँगिएको छ । विद्यावारिधि गर्नेदेखि ५ कक्षा पढ्नेसम्मका मान्छेले ‘नेपाल’ भन्दैनन् । केवल नेता, दल, जात, क्षेत्रकै दलाली गर्छन् । कूटनीतिकदेखि सुरक्षा अङ्ग (सेनाबाहेक) का ठूलाबडा नियुक्तिमा समेत पैसाकै व्यापार हुन्छन् ।

विदेशी सङ्घसंस्था र राष्ट्रकै कालो धनमा चुनाव लडेर व्यवस्थापिका पुग्छन् । देशका प्रधानमन्त्रीहरु नै खुलमखुला विदेशीहरुले धर्म प्रचारको निमित्त प्रदान गरेका लाखौँ डलर लिएर तक्मा पनि लगाउँछन् । जनताको इच्छाविपरीत र नेपाल सरकारको पूर्वस्वीकृतिविना लिइने कुनै पनि रकम वा जिन्सी सामान सफेद घुस हुन । त्यस्ता सफेद घुस लिनेलाई देशले पदच्यूत गराएका नजिर संसारमा धेरै छन् ।

दुर्भाग्यवस, नेपालमा भने ‘चोरलाई चौतारो’ भनेझैँ भएको छ । नेताहरु सरकार प्रमुख, मन्त्री हुँदा घुस खुवाउने र बिल भर्पाइ बनाइदिने सचिवहरु निवृत्त भएपछि भ्रष्टाचारबाट नेता बचाउन तिनैलाई पुनः अख्तियारमा नियुक्त गरिन्छ ।

पैसामा व्यक्ति, समाज, शैक्षिक संस्था, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, धार्मिक संस्थासमेत बिकेपछि त्यो देशमा कसैले पनि नैतिक बन्धनमा बाँधिनुपर्दैन ।

त्यसपछि देशको राष्ट्रिय सुरक्षा ओरालो लागिसकेको हुन्छ । नेपालमा त्यही भएको छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार