एजेन्सी । बिरामी भएर अस्पताल पुगेपछि डाक्टरले बचाउलान् भन्ने एक विरामीको आशा विफल भएको छ । डाक्टरले बिराम निको पार्नुको सट्टा अस्पताल पुगेका बिरामीलाई मुक्का प्रहार गरेर ठहरै पारेका छन् ।
घटना रसियाली राजधानी मस्कोबाट ४ सय ४० माइल दक्षिण बेलगोरोड सहरमा डिसेम्बर २९ मा भएपनि अनुसन्धानपछि शनिबार मात्रै बाहिर आएको हो । उक्त घटना अस्पतालमा लगाइएको सिसिटीभी हेर्दा सार्वजनिक भएको हो । जहाँ चिकित्सकले मुक्का हान्दा बिरामी डङरङै लडेर मृत्यु भएको छ ।
बिरामीले डाक्टरको मुक्का खानुअघि एक नर्सलाई लात्ती हानेका थिए । अस्पतालका एक अधिकारीले एक रसियाली टेलिभिजनलाई बताएअनुसार उक्त हत्यालाई भवितव्य मानिएको छ । तर पनि फौजदारी हिसाबले अनुसन्धान भने थालिएको छ ।
बिरामीले उपचारमा संलग्न नर्सलाई पिटेपछि डाक्टरले बिरामीको टाउकोमा मुक्का प्रहार गरेका हुन् । मुक्का खाएको केही समयमै बिरामीको मृत्यु भएको थियो । बिरामी बेग्लोरोडकै बासिन्दा ५६ वर्षीय यक्जेनी बाख्टिन रहेको अनुसन्धानबाट खुलेको छ ।
स्थानीय छानविन समितिकी सदस्य एलेना कोज्रेभा यो घटनामा डाक्टरको गल्ती नभएको बताउँछिन् । तर, अपराधिक कार्य भएकाले डाक्टरलाई दुई वर्षसम्मको जेल सजाय हुनसक्ने पनि बताइएको छ । यो घटनाको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।
https://youtu.be/9GTAOdfnWgE







