गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हाे ।

गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।

गुठी विधेयकको विरोधमा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीमाथि प्रहरीले माइतिघर मण्डलामा दमन गरेको हो । ।

राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकले हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परा र गुठीको जग्गा व्यक्तिकरण गर्न लागेको भन्दै विरोधमा उत्रेका प्रर्दशनकारी माथि प्रहरीले लाठी र पानीको फोहोरा हानेर दमन गरेको हो ।

प्रहरीको लाठी चार्जबाट केही घाइते भएका छन् । अहिल प्रर्दशनकारीले विरोध गरिरहेका छन् ।

https://www.facebook.com/deshsanchar1/videos/2865085266896359/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार