१२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत राउन्ड रोबिन लिगमा खेलमा अहिले दुई विश्व च्याम्पियन भारत र अस्ट्रेलिया भिडिरहेका छन्।
पूर्व विश्व च्याम्पियन भारतले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। भारतले २ ओभरको समाप्तीमा विकेट नगुमाई ७ रन जोडेको छ।
साविक विजेता रहेको अस्ट्रेलियाले अघिल्ला दुवै खेल जितेको थियो। एक खेल खेलेको भारतले त्यसमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।







