विश्वमा बलात्कारको घटना दिनप्रति दिन बढेको छ ।

बलात्कार गर्नेसँगै अहिले त्यसमा विकृति पनि आएको छ । अहिले बलात्कार मुद्दामा झुटो आरोप लगाउने क्रम पनि बढेको छ । बलात्कारको नियम कडा भएकाले पुरुषलाई फसाउने महिलाहरु धेरै छन् । त्यसलाई रोक्न एउटा एपको विकास भएको छ ।

बलात्कारको झूठो आरोपबाट बच्नका लागि एउटा यस्तो ऐप निर्माण गरिएको छ जसले आपसी सहमतिमा गरिएको सेक्सबारेमा साक्षी बस्नेछ । र अदालतमा प्रमाण बन्ने छ । एपले कहिले कहाँ सेक्स ग¥यो भन्ने पनि जानकारी दिनेछ । तर, त्यसको भिडियो एप कम्पनीसँग मात्रै हुनेछ । कम्पनीले अपराध अनुसन्धानमा प्रहरीलाई सघाउन यस्तो एप ल्याएको हो ।

‘वी-कंसेन्ट’ नामको यो ऐपका अनुसार सेक्स गर्नुभन्दा पहिला यूज़र्स २० सेकेण्डको एक भिडियो क्लिप बनाएर बताउन सक्छ कि को कहाँ को सँग सेक्स गर्ने तयारीमा छन् । यो ऐपले तब काम गर्नेछ जब यसको क्यामेराको नजिक मानवीय चेहरा आयो र सेक्स गर्ने तयारीमा रहेका दुबै पार्टनरले स्पष्ट शब्दमा ‘यस’ भनेको सुन्नुपर्नेछ ।

smartphone-touch-screen-559b66ccaacec_exlst

तर केही व्यक्तिहरुले यो ऐपको दुरुपयोग हुने आंशका गरेका छन् । इग्ल्याण्ड र वेल्स स्थित रेप क्राइसिस नामक सहायता ग्रुपका प्रवक्ता केटी रसेलले बीबीसी न्यूज़लाई भनेका छन्-‘यदि कोही क्यामेराको नजिक सेक्सका लागि ‘यस’ भनिरहेको हुनेछ भने मात्रै त्यसको मतलब आफ्नो सहमति दिएको मानिदैन् । सहमति पूरा तब मानिने छ जब स्वतन्त्रसँग, भित्री इच्छाले सहमति दिएको हुनेछ र त्यो जरुरी हुनेछ ।’

ऐप निर्माण गर्ने अमेरिकी डेवलपर्सका अुनसार यो ऐपले ‘सहमतिमा विस्तृत कुराकानी र गलत प्रथालाई अन्त्य गर्न मद्दत गर्नेछ ।’ उनका अनुसार यदि ऐपलाई लाग्नेछ की यो घटना सहमतिमा छैन् त्यसपछि रेकर्डडिङ बन्द गरेर यूजर्सले फिर ट्राई गर्न आदेश दिनेछ ।

डेवलपर्सले बताएका छन् कि यो ऐपको डेटालाई इनक्रिप्टेड रुपमा ७ वर्षसम्म सुरक्षित राख्न सकिन्छ । जो केबल क़ानूनी संस्था अर्थात अदालत प्रहरीका लागि मात्रै उपलब्ध गराइने छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार