नेदरल्याण्डको अर्नहेम शहरमा बसोबास गर्दै आएकी एक १७ वर्षीय किशोरीले भावुक पोष्ट गर्दै इच्छामृत्यु रोजेकी छिन् । १४ वर्षको उमेरमा बलात्कारको शिकार भएकी नेआ पेटहोवेन आफ्नो जीवन समाप्त गर्नुअघि भवुक सन्देश सार्वजनिक गरेकी थिईन् ।

सन्देशमा उनले भनेकी छिन् ‘१० दिनभित्र म मर्नेछु । थुप्रै वर्ष संघर्ष गरेपछि यो समाप्त भयो । मैले केही समयदेखि खान–पिउन बन्द गरेको छु र थुप्रै कुराकानी र सोचविचारपछि मलाई छुटकारा दिइने निर्णय गरियो किनभने मेरो समस्या असह्य छ ।’

बाल्यकालमा उनीमाथि पटकपटक यौन हमला भए । ११ वर्षको उमेरमा यौन उत्पीडन र । त्यसपछि उनको जीवन कहिले पनि साधारण हुन सकेन । उनी डिप्रेशनमा गइन् । उनी अनोरेक्सिया रोगबाट ग्रसित भइन् । यो रोग लागेपछि भोक लाग्न छोड्छ । गत वर्ष उनको डिप्रेशन र मानसिक रोगसँगको संघर्ष बढ्या ।

आफ्नो लागि इच्छामृत्युका लागि उनले युथेनेशिया क्लिनिकमा आवेदन दिएकी थिइन् । उनले आफ्ना आमा–बुवालाई चिट्ठी लेखेर यसबारे जानकारी दिइन् । उनलाई त्यसपछि डिप्रेशनसँग जुध्नका लागि तीन भिन्न भिन्न चाइल्ड केयर फ्यासिलिटीमा राखियो तर यसले कुनै फाइदा पुर्याएन । अन्त्यमा उनलाई एक अस्पतालमा भर्ना गरियो ।

नेदरल्याण्डमा इच्छामृत्युले कानुनी मान्यता पाएको छ । तर यसका लागि एक डाक्टरको मञ्जुरी चाहिन्छ । यदि डाक्टरले इच्छामृत्यु माग्ने व्यक्तिको कष्ट उनको सहन शक्तिभन्दा बाहिर छ भने इच्छामृत्युका लागि अनुमती दिइन्छ ।

अन्त्यमा नोआले जीवन समाप्त गर्ने अनुमती पाइन् । मृत्युको एक दिनअघि उनले इन्स्टाग्राममा एउटा पोष्ट लेखिन् । उनी डिप्रेशनसँग त लडिन् र त्यसबाट पार पाउन नसकेको बताइन् ।

उनले एक वर्षसम्म इच्छामृत्युका लागि लडिरहिन् । जून २ तारिखमा नोआले एक सरकारी क्लिनिकको मद्दतले मृत्युवरण गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार