बाबुराम भट्टराई र उपेन्द्र यादवका दुई पार्टिबीच एकिकरण भएपछि अभिनेत्री करिश्मा मानन्धरले आफू ताली मात्र पिट्नका लागि राजनीति नगर्ने भन्दै पार्टीबाट अलग भएको घोषणा गरिन् ।

नयाँ शक्ति पार्टिबाट अलग भएदेखि करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत मनका लागेका विषयमा मुख खोल्न थालेकी छिन् । एसईईको नतिजा कुरेर बसेकी करिश्मालाई अहिले आमाको भूमिका लागि विभिन्न चलचित्रबाट प्रस्ताव गरिए पनि उनले ती भूमिका स्वीकार गरिरहेकी छैनन् ।

पार्टिबाट अलग भएको घोषणा गरेको केही दिनपछि नै उनले फेसबुकमा लेखिन्–‘अब म बोल्छु ।’

सामाजिक सञ्जालबाट आधिकारिक रुपमै अब आफू बोल्ने धारणा व्यक्त गरेको केही दिनपछि नै उनले बालाजुस्थित चलचित्र विकास कम्पनिको जग्गाका बारेमा चासो व्यक्त गरेकी छिन् ।

करिश्माले एनएफडिसीको सरकारी जग्गा बेचिबिखन भएको सुन्दा आफू अचम्मित भएको तथा तत्काल त्यसको छानविनको माग समेत गरेकी छिन् ।

‘बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसी, जुन चलचित्र क्षेत्रको विकास प्रवर्द्धनका लागि उपलब्ध गराइएको थियो, जहाँ नेपाली चलचित्रले आफ्नो शैशव काल बिताउँदै आजको यात्रासम्म आइपुगेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार