काठमाडौंमा गत शनिबार भएको बलिउड चर्चीत गायिका नेहा क्ककरको कन्सर्टका आयोजक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दीपक घिमिरे रहेका छन् ।

नेहा कक्करको कन्सर्ट गरिएको ठमेलस्थित लर्ड अफ ड्रिंग्स क्लबमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको उजुरीका आधारमा इभेन्ट आयोजक दीपक घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नेहाको कन्सर्टमा मान्छेको ठूलो घुइँचो रहेको थियो । टिकट काटेका ठूलो संख्यामा दर्शकहरु कन्सर्ट हेर्न नपाएर फर्किएका थिए । उनीहरुको उजुरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । घिमिरेले कन्सर्ट हेर्न पाएका दर्शकको पैसा फिर्ता गरिदिने बताएको प्रहरीले जनाएको छ ।osnepal

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार