काठमाडौँ । बिहान सुतेर उठेपछि सधैँ खराब मुडमा अथवा बिहानको नास्तानखाने बानि छ? यस्ता केहि व्यवहारहरु दिइएका छन् जसलाई हामी धेरैजसोले बिहान उठ्ने बित्तिकै आत्मसाथ नगरेर आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेका छौँ ।तल दिईएको छ:-
१.बिहान उठ्नासाथ जिममा जानुःबिहान बिस्तारै बिस्तारै काम सुरु गर्ने । आफूलाई आरामसँग उठ्ने समय दिने र आफ्नो मांसपेशीहरुलाई बिस्तारै हल्लाउने। निन्द्राबाट ब्युझिँएपछि दाहिने पट्टीबाट घुमेर बेडबाट उठ्ने। यसले तपाईंको इनर्जी ब्यालेन्स हुन मद्दत गर्दछ ।
२.जिउ नतन्काउनुःजब हामी बिहान उठ्छौँ तब हाम्रो मांसपेशी विषेशतः मेरुदण्ड दह्रो हुने गर्दछ । यदि उठ्ने बित्तिकै जीउ नतन्काउने हो भने दिनभरी त्यहि दह्रो मेरुदण्ड लिएर घुम्नुपर्ने हुन्छ र आफ्ना कामहरु गर्न तपाईंलाई असजिलो महसुस हुन्छ । उठिसकेपछि आनन्दले हिँड्ने । उठिसकेपछि दुई–तीन पटक जिउ तन्काउने र केहि लामो–लामो सास फेर्ने ।
३ दिनको सुरुवात चियाबाट गर्नुः राम्रो मेटाबोलिजमको रहस्य चिया होइन त्यसकारण दिनको सुरुवात एसिडिक खानेकुरा जस्तै चीनि, दुध, चिया वा कफीबाट नगर्ने। पानीमा कागती मिसाएर पिउने । त्यसपछि तपाईं दुध हालेको चिया वा ग्रिन टि पिउने ।
४.फोन चेक गर्नुः कहिले पनि दिनको सुरुवात मेल चेक गरेर अथवा कामको बारेमा सोचेर नगर्नुहोस् । उठेको दुईघण्टा भित्र तपाईंले आफ्नो सबै समस्याको समाधान गर्ने । उठिसकेपछि इनर्जी सबैभन्दा महत्वपूर्ण स्थानमा खर्च हुन आवश्यक छ ।
५.नास्ता नगर्ने केहि अनुसन्धानका अनुसार बिहानको नास्ता नगर्नाले तपाईं मोटोपन, डाइबिटिज, कमजोर इम्युनको शिकार हुनेछ । । राजा–महाराजाहरुको जस्तो नास्ता खानु आवश्यक छैन तर नास्ता खान आवश्यक छ ।
एजेन्सी
https://youtu.be/9GTAOdfnWgE







