काठमाडौं । बेलायतमा अनुसन्धाताहरुको एक समूहले श्वास परीक्षण गरेर क्यान्सर पहिचान गर्ने नयाँ परीक्षण शुरु गरेको छ । ब्रेथ बायोप्सी प्रविधि नामक यस परीक्षणले श्वासको अणुहरुमा विभिन्न खाले क्यान्सरका संकेत आउँछ कि आउँदैन, आएपनि कस्तो खालको संकेतहरु आउँछ भन्ने हेर्न खोजिएको छ ।

यस परीक्षणका लागि क्यान्सर रिसर्च यूके नामक एक समूहले क्यान्सरका बिरामी सहित १ हजार ५ सय व्यक्तिहरूको श्वासको नमूना संकलन गर्नेछन् । यो परीक्षणमा जाँच्न खोजिएको कुरा प्रमाणित भयो भने भविष्यमा श्वास परीक्षण गरेरै बिरामीको थप परीक्षणहरु गर्नु पर्ला कि नपर्ला भन्ने निर्धारण गर्न सकिनेछ । यो परीक्षण सर्वत्र उपलब्ध हुन भने कयौं वर्ष लाग्ने छ । यसले भविष्यमा क्यान्सरको पहिचान र निदानमा क्रान्ति ल्याउने अपेक्षा छ ।

परीक्षणले कसरी काम गर्छ ? 
शरीरका कोषहरुमा ‘बायोकेमिकल’ प्रतिक्रिया भइरहँदा श्वासमा भोलाटाइल अर्गानिक कम्पाउन्ड (भीओसी) नामक अणुहरु भेटिन्छ । तर शरीरको कुनै हिस्सामा क्यान्सर वा अन्य कुनै रोग लागेको छ भने कोषहरुको सामान्य व्यवहार फेरिन्छ । यिनीहरुले फरक खालको अणुहरु निकाल्छ । यसको गन्ध पनि एकदम फरक खालको हुन्छ ।

यस परीक्षणमा अनुसन्धाताहरुले एक खालको मास्कको प्रयोग गर्नेछ । श्वासको नमूना संलकन गर्न परीक्षणमा सहभागीलाई १० मिनेटसम्म मुखमा मास्क राखेर श्वास फेर्न भनिनेछ । संकलित नमूना प्रयोगशालामा विश्लेषणका लागि पठाइनेछ । यो परीक्षणमा फरक प्रकारको क्यान्सरमा फरक खालको ‘प्याटर्न’ खोजिनेछ । परीक्षणको नतिजा कहिले आउँछ वा प्रारम्भिक नतिजाहरु आशालाग्दो हुन्छ कि हुँदैन भन्ने चाहीँ अनिश्चत छ । यस अघि पनि श्वास परीक्षणबाट फोक्सो लगायत विविध क्यान्सरहरुको पहिचान गर्ने प्रयास भएका छन् । यस्ता परीक्षणहरु आशालाग्दो देखिएका छन् ।

https://youtu.be/9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार