२०७६, जेठ २७ गते सोमबार 

मेष :  दिन राम्रो छ । उच्चस्तरीय कारोबार हुनेछ । मुख्य काममा गति थपिनेछ । टाढाबाट शुभ समाचार आउनेछ । मनमा चिन्ता कम हुनेछ ।

वृष : दिन प्रतिकूल छ । आर्थिक पक्षमा सावधान रहनु बेस हुनेछ । काम गर्ने वातावरण अनुकूल छैन । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

मिथुन : दिन उत्तम छ । आटेको काम बन्नेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । दायित्व थपिनेछ । यश,कीर्ति मिल्नेछ ।

कर्कट : दिन अनुकूल छ  ।  बोलीवचनमा प्रभाव बढ्नेछ । खानपिनमा  सन्तोष मिल्नेछ । आर्थिक कारोबार हुनेछ । शरीर तन्दुरस्त रहनेछ ।

सिंह : दिन भाग्यवर्धक रहनेछ । कामको उच्च मूल्याङ्गन हुनेछ ।   । नयाँ कामको अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कन्या : दिन प्रतिकूल छ । खर्चको मात्रा  बढ्नेछ । आटेको काम बन्न कठिन हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

तुला : दिन  अनुकूल छ । जागिरमा सफलता मिल्नेछ । आयआर्जनका प्रशस्त बाटाहरू  खुल्नेछन् । शुभ समाचार मिल्नेछ ।

वृश्चिक : दिन  उत्तम छ । बौद्धिक कार्यको चिन्तन गरिनेछ । उच्चस्तरीय कार्यक्रमको तय हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् ।

धनु : दिन राम्रो छ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । आध्यात्मिक क्षेत्रमा रूचि जाग्नेछ । दानपुण्यबाट मनमा सन्तोष मिल्नेछ ।

मकर : दिन प्रतिकूल छ । मुख्य काममा अलमल हुनेछ । मन अमिलो हुनसक्नेछ । महत्‍वपूर्ण काममा अवरोध आउनसक्नेछ ।

कुम्भ : दिन अत्युत्तम छ । पारिवारिक सुख मिल्नेछ । व्यापार, व्यवसाय फस्टाउनेछ । वैदेशिक भ्रमणको योग रहनेछ  ।

मीन : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । मावलीतिरबाट सहयोग मिल्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार