एजेन्सी । बिहारको किशनगञ्ज जेलका जेलरको महिला कैदीहरुसँग कथित रुपमा गलत सम्बन्ध राखेको एक भिडियो पोर्न साइटमा भाइरल बनेको छ ।

उता, किशनगंजका जिलाधिकारीले यो घटनाको अनुसन्धानका लागि आदेश दिएका छन् । छानविनका लागि तीन सदस्यीय एक टीम समेत गठन गरिएको छ । पुलिसका अनुसार, जेलर कृपाशंकर पाण्डेयले महिला कैदीहरुसँग बार्गेनिङ गरेर अवैध यौन सम्बन्ध राख्दै आएका थिए ।

त्यसको नजिकै आएर केही पुरुष कैदीहरुले अवैध समबन्ध राख्दै गर्दा एक भिडियो क्लिप बनाए, जसलाई पोर्न बेवसाइट र सोशल बेवसाइटहरुमा अपलोड गरिदिए ।

जेलर पाण्डेयले भने यो आरोपलाई अस्वीकार गर्दै अहिलेसम्म आफूले अवैध सम्बन्ध राखेको भिडियो नभेटेको बताए । प्रहरीको कुनैपनि जाँचका लागि आफू तयार रहेको उनले बताए ।

यही बीचमा किशनगंजका जिलाधिकारी अनिमेश कुमार पराशरले घटनाको छानविन चलिरहेको दोषी भेटिए जेलरलाई कडा कारवाही गरिने बताए । भिडियो बनाउने कैदीका अनुसार जेलरले हप्तामा एक महिला कैदीलाई पाँच हजारसम्म पैसा दिएर अवैधानिक शारीरिक सम्पर्क राख्दै आएका थिए ।

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार