ठूलो रकम खर्चेर मर्मत गरिएको १९ औँ शताब्दीको पानी जहाज जर्मनीको नदीमा डुबेको छ ।
सामान बोक्ने अर्को पानी जहाजसँग ठोक्किएर डुबेको पानी जहाज हालै १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत भएको थियो ।
नम्बर फाइभ स्कूनर नाम गरेको पानी जहाजमा रहेका धेरै मानिस घाइते भएका छन् ।
जमर्नीको उत्तरी शहर ह्यामबर्गमा रहेको एल्बे नदीमा स्थानीय समय अनुसार शनिबार राति दुर्घटना भएको हो । पानी जहाजमा रहेका सबै ४३ जनालाई नजिकै रहेका डुंगाले उद्धार गरेका थिए ।
यो पानी जहाज सन् १८८३ मा निर्माण भएको थियो ।







