फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै ब्राजिलले विजयी सुरुवात गरेको छ । ब्राजिलले जमैकालाई ३-० ले पराजित गरेको हो ।
ब्राजिलको जितमा रोजेइरा डी सोउजा सिल्भाले गोल गरेकी हुन् । उनले १५, ५० र ६४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।
३४ वर्षकी रोजेइरा विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा बढी उमेरकी खेलाडी बनेकी छन् । समूह सी मा रहेको ब्राजिलको जितमा उनको ह्याट्रिक निर्णयक बनेको हो । सोही समूहको खेलमा इटालीले अस्ट्रेलियालाई २-१ ले हराएर उपाधि पक्का गरेको छ ।
यस्तै समूह डी अन्तर्गतको खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलार्य २-१ ले नै पराजित गरेको छ ।








