१. भुँइमा बसेर खाना खाने गर्नाले पाचन शक्ति बढ्न मद्दत मिल्छ । भुँइमा बसेर खाँदा शरीर पटक पटक झुक्ने र उठ्ने हुन्छ जसले पाचन प्रक्रिया सक्रिय हुन्छ र खाना छिटो पचाउन मद्दत मिल्छ ।

२. भुँइमा बसेर खाँदा शरीरको तौल नियन्त्रण हुनुका साथै शारीरिक कसरत हुन्छ यसले रक्त संचार प्रक्रियालाई मजबुत बनाउँछ ।

३. जब तपाइँ जमिनमा चक्कल मारेर बस्नुहुन्छ त्यस अवस्थामा सुखासन हुन्छ र मनमा एकाग्रता पैदा हुन्छ। यसरी बसेर खाँदा मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ ।

४. भुँइमा बसेर खाने गर्नाले पेट तथा पिठ्युको भाग तन्किन्छ र शारीरिक दुखाइ कम गर्न मद्दत मिल्छ ।

५. भुँइमा बसेर सबै परिवारसंग संगै खानाले परिवारमा मायाँ ममता समेत बढ्दै जान्छ र घरमा खुशीयाली छाउँछ ।nepalihealth

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार