सिन्धुलीकी १७ वर्षीया सपना प्रजापति (नाम परिवर्तन) । यिनले कलिलैमा बा गुमाइन् । आमाले अर्कैसँग बिहे गरिन् । आमासँगै उनी पनि ‘सौतेनी बा’सँगै गइन् । सौतेनी बाउका भान्जा पर्नेले पैसा दिएर सपनालाई लिएर गए ।
विद्यालयमा भर्ना भर्ना गरिदिए, ड्रेस पनि किनिदिए । तर, भोलिपल्टदेखि नै घर बाहिर निस्कन निषेध गरियो ।
सुरुमा त उनलाई पढ्न लेख्न पाइने आश जागेको थियो । तर, जब दुधमा मन्दविष घोलेर खुवाउन थालियो । बेहोश बनाएर निरन्तर यौन शोषण हुन थाल्यो ।
एकदिन छोरी भेट्नका लागि आमा गइन् । सपनालाई थुनिएको थियो । आमाले बोलेको सुनेपछि उनी चिच्चयाइन्, कराइन् । र, त्यहाँबाट छुटाउँन सपनाकी आमा सफल भइन् ।
सपना अहिले शक्ति समूहको संरक्षणमा छिन् । उनीमाथि निरन्तर यौन शोषण गर्ने सौतेनी बाउका भान्जा जेल सजायँ भोगिरहेका छन् ।
१७ वर्षीया विपना महतो (नाम परिवर्तन) । परिवारको आर्थिक स्थिति अतिकमजोर भएपछि मामाघरमा बसेकी थिइन् । मामा–माइजूले पनि असाध्यै हेँला गर्न थाले । कुटपिट गर्न थाले । सहनै नसक्ने भएपछि भागेर साथीकोमा पुगिन् ।
उनीहरु काठमाडौं काठमाडौंमा कोठा लिएर बस्न थाले । आफूभन्दा ठूलो उमेरकी साथीको संगत चेलीबेटी बेचबिखन गर्ने दलाल समूहसँग रहेछ । उनी बारम्बार विदेश–स्वदेश आवत–जावत गरिरहन्थिन् ।
एकदिन साथीले ‘नेपालमा केही हुँदैन, विदेश जानु पछ्र्र’ भनेर सम्झाइन् । अभावमा तडिपरहकी विपना प्रभावित भइन् । र, साथीसँगै भारत गइन् ।
उनीलाई मन्दविष खुवाएर बेहोश बनाइएको रहेछ । ब्यूझँदा त उनी सोच्दै नसोचेको संसारमा पुगिसकेकी रहिछन् । अर्थात्, बम्बइको यौनकोठीमा पुगिसकेकी रहिछन् ।
यौन कोठीमा उनले भोगेको अनुभव निकै कारुणिक एवम् दर्दनाक छ । करिब ६ महिनापछि भारतीय प्रहरीले विपनाको उद्दार गरेर नेपाल पठायो । उनलाई यो समाज पुनस्थापित हुन गाह्रो भयो । र त अहिले उनी शक्ति समूहको संरक्षणमा छिन् ।
यिनी चाहिँ सिन्धुपाल्चोककी आइतमाया तामाङ (नाम परिवर्तन) । परिवारले जबरजस्त बालबिबाह गरिदिन खोजेपछि भागेर काठमाडौं आइन् । नौ वर्षीया आइतमायालाई एक महिलाले खुबै माया देखाइन् । पीडामा परेकी आइतमायाको मन पग्लियो ।
ती दिदीले सुरुमा खुबै माया गरेजस्तो गरिन् । शरीरिब विकास गराउन अनेक प्रयास गरिन् । जब आइतमाया हुर्किइन्, फकाएर भारत पु¥याइन् । अनि, कोठीमा बेचिदिइन् । उद्दारपछि अहिले आइतमाया पनि शक्ति समूहकै संरक्षणमा छिन् ।
देशभित्रै बेचिएकाको व्यथाः
मोरङकी १८ वर्षीया कविता मिश्र (नाम परिवर्तन) । हुनेखाने परिवारमा जन्मेकी कविताले पर्याप्त माया/प्रेम पाइनन् । एक्लोपनले ग्रस्त कविता एकजना ‘बा उमेर’को मान्छेसँगको प्रेममा परिन् । उनीहरुबीच विवाह भयो । विवाहपछि काठमाडौंमा बस्न थाले । जसोतसो जीवन चल्दै थियो । एकदिन श्रीमान् भनिएको मान्छे बेपत्ता भए ।
बेसहरा भएकी कवितासँगै एकजना नजिकिए । र, उनले कवितालाई नजिानिँदो पारामा यौन व्यवसायमा लगाए । उनी पनि उद्दारपछि अहिले शक्ति समूहको संरक्षणमा छिन् ।
निष्प्रभावी प्रयास
मनब बेचबिखन एवम् यौन शोषणको समस्या नेपालको लागि निकै चुनौतीको विषय बनेको छ । अशिक्षा र गरिबीले पिल्सिएको समुदायका चेली एवम् बालिकालाई ललाईफकाईसँगै धक्की दिएर बेच्ने गरेको तथ्य सार्वजवनिक भएको छ । वैदेशिक रोजगारी नाममा देखि सिधैं यौनकोठीमा नेपाली चेलीको बिक्री हुने गरेको छ ।
पछिल्लो समय स्वदेशमै पनि चेलीबेटी बेचविखन भइरहेको छ । चेलीबेटी बेचविखनविरुद्ध सरकारी एवम् गैरसरकारी संघसस्थाले विभिन्न अभियान चलाइरहेका छन् । अभियानका नाममा वर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ । तर, उक्त प्रयास निष्प्रभावीप्रायः छ । यद्यपि, केही संस्थाले गरेको प्र्रयास सकारात्मक छ । चेलीबेटी बेचविखनविरुद्ध काम गरिरहेको एउटा संस्था हो, शक्ति समूह ।
आफैं बेचिएर फर्किएकी सुनिता दनुवारले स्थापना गरेको समूहले चेलीबेटी्र बेचविखनविरुद्ध एवम् बेचिएका चेलीको उद्दारका क्षेत्रमा गरेको प्रयासबाट धेरै चेली लाभान्वित भएका छन् । तर, आफ्नो अभियानलाई राज्यस्तरबाट पर्याप्त सहयोग नभएको गुनासो गर्छिन्, शक्ति समूहकी संस्थापक, सुनिता दनुवार ।
अहिले शक्ति समूहमा रहेका चेलीको पीडा एवम् समस्या फरक फरक प्रकृतिको छ । कोही भारतमा बेचिएर स्वदेश फर्किएका छन त कोही स्वदेशमा नै बन्दी बनेर यौन कार्य गर्न बाध्य भएका छन । जसोतसो उनीहरुले त्यसबाट मुक्ति त पाएका छन तर समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन सकेको छैन । समाजको त के कुरा आफ्नै परिवारका सदस्यले समेत पहिले र अहिले नजर भिन्दै छ ।
जबरजस्ती यौनधन्दा लागेर समाजमा पुस्र्थापना हुन खोजेकाहरुलाई कसमाजले गर्ने व्यवहार र परिवारले गर्ने हेलाले झन् चोट पुग्ने गरेको छ । र, मानब बेचबिखनमा संलग्न दलालहरुलाई प्रहरी पक्राउ गरे पनि कमजोर कानूनका कारण सजिलै उम्कने गरेको दनुवारको भनाई छ ।
बेचीएका र जबरजस्ती यौन धन्दामा संलग्न रहेका महिलाहरु फेरी समाजमा पुर्नस्थापना हुन चाहन्छन । उनीहरु फेरी पहिले जस्तै समाजिक जीवन बिताउन चाहन्छन । तर हाम्रो समाजले हेर्ने दृष्किोणका कारण उनीहरु झन् पीडित भएका छन् ।
त्यसकारण पहिले उनीहरुलाई हेर्ने नजरमा परिवर्तन गर्न आवश्यक छ । र, चेलीबेटी बेचविखन न्यूनीकरण होइन, निर्मुल पार्न जरुरी छ ।
https://www.youtube.com/watch?v=6Fqezu8MVog







