काठमाडौं । वनभित्र माहुरीका घारमा आगो लगाइएको छ । स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाएका हुन् ।
ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता क्षेत्रको राताखोलामा वडा नम्बर ६ र ७ का स्थानीयबासीले संयुक्तरुपमा राखेका माहुरीको घार रारा राष्ट्रिय निकुञ्ज बुलबुले पोस्टका कर्मचारीले गत शुक्रबार माहुरीसहित ३१ घारमा आगो लगाएर जलाएका हुन् ।
शुक्रबार बुलबुले पोस्टबाट आएका निकुञ्जका दुई कर्मचारीले भेडीगोठसहित उक्त स्थानमा राखिएका छाँयानाथ रारा नगरपालिका ७ पिना गाँउका जानदेवी बम र वडा नम्बर ६ कि राजदेवी ऐडिका माहुरी घारलाई आगो लगाएर जलाएको छायानाथ रारा नगरपालिका ७ का वडाध्यक्ष हरिचन्द्र शाहीले जानकारी दिनुभयो ।
आगो लगाएर जलाएका जानदेवी बमका २४ र राजदेवी ऐडिका ७ गरी ३१ घारमा माहुरी थिए । स्थानीयका अनुसार, ‘नजलाएको हुन्थ्यो भने कात्तिक महिनामा मह संकलन गरिन्थ्यो ।’ आफूहरूले निकुञ्ज क्षेत्र भित्र घार नराखेको स्थानीयले बताएका छन् ।
https://www.youtube.com/watch?v=6Fqezu8MVog







