बलिउडकी अभिनेत्री दीपिका पादुकोण एयरपोर्टमा भेटिइन्। उनले सेतो टिसर्ट र हरियो ज्याकेट लगाएकी थिइन्।
दीपिकाको ज्याकेटको रंग अलि चड्किलो रंगको थियो। उनको यो पहिरन देखेर त्यहाँ उपस्थित धेरै अचम्ममा परेका थिए। सबैले उनको श्रीमान्को सबैलाई मन नरिझाउने फेसन सेन्सको प्रभाव परेको त हैन भने।
स्रोतका अनुसार दीपिमा लण्डनको यात्रा गर्दैछिन्। कबिर खानका चलचित्र ८३ को छायंकनको लागि दीपिका लण्डन जान लागेकी हुन्।
चड्किलो ज्याकेट लगाएको फोटो सार्वजनिक भएपछि धेरैले श्रीमान्को पाइला पच्छाएको बताएका थिए। दीपिका र रणवीर सन् २०१८ को नोभेम्बरमा इटलीमा विवाह बन्धनमा बाँधिएका थिए।









