काठमाडौँ– सोमबार काठमाडौँ लगायत मध्य पहाडी र पूर्व भागमा मेग गर्जन सहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ र पूर्वि क्षेत्रमा आंशिक बदलि भईरहेको छ भने झापा, मोरङ आसपासमा मेघगर्जनसहित पानी पर्न सक्ने संभावना रहेको छ। मोसम विज्ञान विभागका अनुसार पश्चिमी तराई बाहेक अन्त ठाउँमा मौसम बदलि हुन्छ।
तराईको क्षेत्रमा हावाहुरी चल्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।
निम्न चापिय रेखा बनेकोले मौसममा परिवर्तन आएको हो। मनसुनको समय सुरु हुन लागेकोले त्यसको लागि उपयुक्त वातावरण बन्दै गरेको मौसम विद् मञ्जु बासीले देशसञ्चारलाई बताइन्। मनसुन भारतको करेलाबाट नेपाल तर्फ आउँदै गरेको उनले जनाकारी दिइन्।







