काठमाडौैं । लामो समय देखि कर्मचारीको तलब बढाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख रूपैयाँ तलब दिनु पर्ने प्रस्ताव गर्नुभएको छ ।
संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘म कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएँ ।
त्यहाँ कर्मचारी बस्दैनन्, उनीहरूलाई टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख तलब दिऔं ।’ उनले कर्णालीको राजश्व पाँच करोड पनि नभएको भन्दै प्रदेशले आफ्नै श्रोतमा धेरै कर्मचारी राख्न नसक्ने उहाँको टिप्पणी रहेको छ ।
प्रदेशको सबै पैसा यहि केन्द्रले दिएको १५–१७ अर्ब भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हरेक मन्त्रालयका अफिस अनि अरु ८४ वटा अफिसमा दश दश कर्मचारी भर्ना गरेर कसरी काम गर्न सकिन्छ ।
आजको सन्दर्भमा टेक्नोलोजीको विकास भएको छ । थोरै कर्मचारीले काम गर्न सकिन्छ नि । सामान्य मान्छेलाई कर्णालीमा काम गर्नेलाई एक लाख दिनुपर्छ भन्ने माग छ मेरो ।’
उहाँले कर्णालीका प्रमुख सचिवलाई ३ लाख नदिए दुई महिना बसेर फर्किने उहाँले ठोकुवा गर्नुभयो । उहाँले कर्मचारीको संख्या घटाएर तलब धेरै दिनुपर्ने तर्फ सरकारको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
https://www.youtube.com/watch?v=6Fqezu8MVog







