काठमाडौं । पौराणिक ग्रन्थमा सपनाको प्रभाव मानिसको जीवनमा पर्ने उल्लेख गरिएको छ । मानिसले सुत्दाखेरी निन्द्रामा देखिने सपनाबाट उसको जीवनमा असर समेत पार्छ । भविष्यको संकेत समेत गर्छ ।
ज्योतिषहरूका अनुसार सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने गर्दछन् । सपनाको दृश्यले भविष्यको सांकेतिक अर्थ दिने गरेको ज्योतिषहरु बताउछन् ।
मानव प्राणीले डरलाग्दो सपना देख्दा आफूलाई केही हुने भन्ने डर मनमा हुन्छ । तर, यस्ता सपनाहरूले भविष्यमा केहि राम्रो हुने संकेत गर्छ । यस्ता सपनाले भविष्यमा सम्पत्ति प्राप्त हुन सक्ने या अन्य लाभ हुने खुलासा भएको छ ।
१) शिर कटेको सपना देख्नु : आफ्नै टाउको काटिएको देख्नु कतिसम्म डरलाग्दो सपना होला ? अनुमान गर्न डर लाग्छ, पक्कै पनि निकै डरलाग्दो हुन्छ तर ज्योतिषका अनुसार यस्तो सपनाले धन लाभ गर्ने सूचना दिन्छ ।
२) खुट्टा बाँधिएको सपना देख्नु : आफ्नो खुट्टा बाँधिएको सपना देख्दा पनि केही असहज महसुस हुन्छ तर यस्ता सपना देख्नु राम्रो मानिन्छ । यस्तो सपनाले राज्य लाभ दिन्छ अर्थात् सरकारी क्षेत्रबाट फाइदा हुन्छ ।
३) पहाड चढेको देख्नु : मानिसले पहाड चढ्नु भनेको गाह्रो काम गर्नु हो भन्ने सोच्छन् । तर तपाईले यही कुरा सपनामा देख्नु भयो भने यसले केही फाइदा हुने संकेत गर्छ । पहाड, समुन्द्र, वा खोला पार गरेको देख्नुले तपाईलाई धन लाभ हुने संकेत गर्छ ।
४) टाउको दुखेको सपना देख्नु : सपनामा टाउको दुखेको देख्दा पनि धन लाभ हुने सम्भावना रहन्छ ।
५) घोडा, हात्ती चढेको सपना देख्नु : हात्ती, घोडा, कमलमा चढेको देख्दा पनि धन प्राप्तिको सम्भावना बढ्ने गर्छ ।
यस्ता सपना देख्ने धेरै मानिसहरु विश्वका ठुला ठुला धनी व्यापारी बनेको ज्योतिषीहरुको दाबी छ । ज्योतिषीका अनुसार लगातार यस्ता सपना देख्दा छोटो समयमा धनी बन्ने सम्भावना बढी हुन्छ । एजेन्सीको सहयोगमा
https://www.youtube.com/watch?v=6Fqezu8MVog







