काठमाडौं । आफ्नो कार्यालयको हाकिमसँग शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि एक महिलालाई जागिरबाट निकालिएको छ । हाकिमसँग शारीरिक सम्पर्क राख्न नमानेको भन्दै शनिवार पाँच वर्षदेखि कार कम्पनीमा कम्पनीमा कार्यरत ३२ वर्षीय जेरेलिन जैंसीलाई जागिरबाट निकालिएको हो ।

कार कम्पनीका म्यानेजर रेमण्ड टाउनसेंडले जेरेलिनलाई सेक्सको प्रस्ताव राखेका थिए । यो प्रस्ताव राख्नुअघि उनले अश्लील शब्द प्रयोग गर्ने, अश्लील फोटोहरु समेत पठाउने गरेका थिए ।

कम्पनीका म्यानेजर रेमण्ड विवाहित पुरुष हुन् । घरकी स्वास्नीलाई छाडेर उनले आफ्नै कर्मचारीको जवानीमा आँखा लगाएपछि उनीविरुद्ध उजुरी परेको छ ।

रेमण्डले ति महिलालाई बारम्बार अश्लील म्यासेज पठाएर हैरान पारेका थिए । रेमण्डको यस्तो हर्कत उनकी श्रीमतीलाई थाहा भएपछि सधै अफिस आउने गर्थिन् । रेमण्डसँगै उनकी श्रीमतीपनि संगै बस्थिन् ।

तर, एकदिन उनकी श्रीमती अफिस नआएको बेला ति महिला शौचालयमा गएकी थिईन् । शौचालय गएपछि रेमण्ड पनि महिला शौचालय गए र भित्रबाट ढोका बन्द गरिदिए ।

उनले शौचालयमा ति महिला कर्मचारीसंग धकेलधाकल गरे । अनी उनको शरीरको तल्लो भाग गोप्य अंगमा हात हाले । उनको स्कर्टभित्र हात हाले । यस्तो हर्कत ति महिला कर्मचारीले अस्वीकार गरेपछि उनलाई जागिरबाट निकालिएको हो ।

यस्तो हर्कतपछि ति महिला कर्मचारीले हालेको मुद्दाको फैसला अनुसार रेमण्डले ७ करोड रुपैयाँ क्षतिपूर्ति तिरेका छन् । एक स्थानीय अदालतले यौन उत्पीडन गरेको दोषी ठहर गर्दै ७ करोडको क्षतिपूर्ति दिन फैसला सुनाएको थियो । एजेन्सी

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार