काठमाडौं । व्यापारीका लागि ग्राहक भगवान हुन् । तर आजभोलीका व्यापारी ग्राहकलाई भगवान होइन् यौनकर्मी जस्तो दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ ।

विशेषगरी लुगा कपडा पसलमा व्यापारीहरुले ट्रायक रुममा कपडा चेञ्ज गर्न गएका महिलाहरुको नाङ्गै भएको अवस्थामा अश्लील भिडियो बनाउने गरेको खुलासा भएको हो ।

भारतको राजधानीमा दिल्लीमा यस्तो घटना वाहिर आएको हो । प्रख्यात कपडाको पसलले महिलाहरुको अश्लील भिडियो बनाउने गरेको घटना सार्वजनिक भएको हो । एक महिलाले सावधानी अपनाएपछि यस्तो घटनाको पर्दाफास भएको हो ।

दिल्लीमा रहेको कपडाको अन्तराष्ट्रिय व्राण्डको कम्पनी वैन ह्य़ूसेन शोरूमले महिलाहरुलाई ट्रायलमा रुममा कपडा चेञ्ज गरिरहेको बेला अश्लील भिडियो बनाउने गरेको खुलासा भएको हो ।

प्रहरीले वैन ह्य़ूसेन शोरूमका म्यानेजरलाई पक्राउ गरेको छ । महिलाहरु कपडा बदल्न ट्रायल रुममा गएको बेला सिसी क्यामेरा तथा मोबाइलबाट भिडियो खिच्ने गरेको शोरुमका म्यानेजरले स्वीकार गरेका छन् ।

उक्त भिडियो बनाएर लाखौ रुपैयाँमा पोर्न उद्योगलाई बेच्ने गरेको उनले वयानमा बताएका छन् । यदी तपाईहरु पनि यसरी कुनैपनि कपडा पसलमा लुगा कपडा चेञ्ज गर्न ट्रायल रुम छिर्दै हुनुहुन्छ भने सावधानी अपनाउनुहोस् । एजेन्सी

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार