काठमाडौं । आज पनि नेपालमा भएको बेरोजगारी र गरिबीका कारण दैनिक लाखौंको संख्यामा नेपालीहरु विदेशीन वाध्य भएका छन् । नेपालीहरुको आर्कषणको केन्द्रको रुपमा रहेको कतारमा पनि लाखौं नेपालीहरु रहँदै आएका छन् । सन् २०२२ को विश्वकपको लागि निर्माण भईरहेका फुटबल स्टेडियम निर्माणको क्रममा १४०० नेपाली कामदारको मृत्यु भएको खुलासा भएको छ ।
स्टेडियम निर्माण कार्य सुरु भएसंगै हजारौको संख्यामा नेपाली कामदार कतार गएका छन् । कतारमा स्टेडियम निर्माण कार्यमा ६० प्रतिशत नेपाली कामदार रहेका छन् । २०२२ को लागि हुन गइरहेको विश्वकपको लागि उक्त स्टेडियम निर्माण गरिएको हो ।
स्टेडियम निर्माण सुरु भएयता हालसम्म प्रत्येक बर्ष ११० जना नेपाली कामदारले ज्यान गुमाएको जर्मनीले एउटा तथ्यांक सार्वजनिक गरेको छ । जर्मनको एक टेलिभिजनले तयार गरेको डकुमेन्ट्रीमा उक्त कुरा उल्लेख गरिएको छ । स्टेडियम निर्माण सुरु भएपछि कतारमा बसोबासको अवस्थाको कारण तथा निर्माणको क्रममा हुने दुर्घटनाको कारण प्रत्येक बर्ष ११० जनाले ज्यान गुमाउनु परेको डकुमेन्ट्रीमा उल्लेख छ।
मृतकका परिवारले कतारबाट कुनै पनि प्रकारको क्षतिपूर्ति नपाएको जर्मनीको टेलिभिजन डब्लुडिआरले तयार गरेको डकुमेट्रीलाई आधार मानेर साउदीको अरब न्युजले लेखेको समाचारमा उल्लेख छ। ट्रयाप्ड इन कतार’ नाम दिइएको यो डकुमेन्ट्री शुक्रबार मात्र सार्वजनिक गरिएको हो।
स्टेडियम तथा विश्वकप केन्द्रित पूर्वाधार निर्माणको लागि काम गर्ने कामदारले न्युनतम आधारभूत आवश्यता र सुविधा बिना नै काम गर्नुपरेको खुलासा भएको छ। न्युनतम सुविधा र आवश्यकताका बस्तु तथा सेवा बिनानै ठूलो संख्यामा नेपाली कामदारले काम गर्नुपरेको डकुमेन्ट्रीमा देखाइएको छ ।
तीन बर्ष कतारबाट प्रवासी नेपालीबारे रिपोर्टिंग गरेका कान्तिपुरका कार्यरत दिनेश रेग्मीको भनाई उदृत गर्दै अरब न्युजले लेखेको छ, ‘तीन बर्षअघि नेपाली कामदारको अवस्था जे जस्तो छ अहिले पनि उस्तै छु रेग्मीले भनेका छन,३ बर्षअघि म त्यहाँ हुँदा कमाईको आशामा आउने नेपाली कामदारको पिडा देखेको छु, नेपाली कामदारहरु साइटबाट खसेर मर्छन भने कोही यहाँको गर्मिको कारणले ज्यान गुमाउछन।रेग्मीकाअनुसार नेपाली कामदारले आधारभूत तलब र सुविधा समेत पाउन्दैनन्।
भिडियो रिपोर्टमा नेपाली कामदार दिल प्रसादले भनेका छन, ‘हामिहरु बन्धक बनाईएका छौं, प्रत्येक दिन पानि र रोटिले भोक मेट्न बाध्य छौं, पैसा बिना हामि केहि गर्न सक्ने अवस्थामा छैनौँ, प्रत्येक महिना हाम्रो अवस्था बिग्रिदै गएको छ, मलाई थाहा छैन
अहिलेकै अवस्थामा अब हामि कति दिन यो काम गर्न सक्ने हो, म मात्र मेरो घर फर्कन चाहन्छु, अहिले नेपालमा परिवारसंग फोनमा कुराकानी गर्न समेत पाउदैनौं । नेपालको अध्यागमन विभागका एक अधिकारीको भनाई उदृत गर्दै अरब न्युजले लेखेको छ, ‘कतारमा नेपाली कामदारको अवस्थाबारे सरकार सचेत छ, हामी कामदारलाई त्यहाँ जान प्रोत्साहित गर्दैनौं ।’ भिडियो हेर्न यहाँ थिच्नुहोस्
janaboli
https://www.youtube.com/watch?v=6Fqezu8MVog







