मुलुकभर गर्मी ह्वात्तै बढेको छ । यसबेला खानपानमा ध्यान दिन नसकिए विभिन्न रोगले सताउन सक्छ ।

विशेषगरी शरीरमा पानीको मात्रा कम भएमा विभिन्न रोगको संक्रमित भइन्छ । यस कारण प्रशस्त पानी पिउने मात्रै होइन अन्य खानेकुरा पनि खानु आवश्यक छ । गर्मीको समयमा काँक्रो निकै नै उपयोगी हुने गर्छ । यसले शरीरलाई शितल बनाउन मद्दत गर्छ । यसमा ९० दशमलव ५ पानी हुने भएकाले यसले गर्मीमा हाम्रो शरीरमा पानीको कमी हुन दिँदैन ।यो हाम्रो छालाको लागी पनि निकै लाभदायक मानिन्छ ।

यसले छालालाई चम्किलो र नरम बनाउन मद्धत गर्छ । यसमा क्याल्सियम, फोसफोरस, सोडियम तथा म्याग्नेसियम प्रसस्त मात्रामा पाइन्छ ।

काँक्रो खाँदा हुने ६ फाइदाहरु :

१. पाचन प्रणाली राम्रो बनाउँछ – काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ ।

२. मोटोपना कम गर्छ– काँक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कैलोरीको मात्रा कम हुने भएकोले यसको सेवनले मोटोपनालाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

३. छाला सुन्दर बनाउँछ– अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रकृया दोर्हयाउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।

४. पानीको कमी हटाउँछ – काक्रोमा पानीको मात्रा ज्यादा हुन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्युक्त मानिन्छ ।

५. मधुमेह तथा कोलेस्ट्रोरमा लाभदायक– काँक्रोको सेवनले मधुमेह तथा कोलेस्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सुलिनलाई समेत नियन्त्रणमा राख्छ । साथै काँक्रोमा स्टीराल नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोरको मात्रालाई कम गर्दछ ।

६. कपाल लामो बनाउँछ– काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार