कैलालीको टीकापुर नगरपालिका २ स्थित कर्णाली नदीको सनकट्टी घाटमा सोमबार एक महिलाको शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार करिव ४५ वर्षीय महिलाको वेवारिसे शव भेटिएको हो ।
नदी किनारमा रुखको हाँगामा अड्किएको महिलाको शव भेटिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनााएको छ ।
शवको प्रकृति हेर्दा मृत्यु भएको धेरै दिन भएकाले पहिचान गर्न कठिन हुने प्रहरीको भनाइ छ । शव टीकापुर अस्पतालमा राखिएको छ ।







