मानिस स्वस्थ रहन सानो सानो कुरामा पनि ध्यान दिनु पर्छ । तर हामी त्यस तर्फ ध्यान दिएका हुँदैनौं । स्वस्थ रहनका लागि दैनिक खानपान, सरसफाइ तथा दैनिक क्रियाकलापमा ध्यान दिनु पर्ने हुन्छ ।

  • बाहिरबाट घर आउँदासाथ वा कुनै बाहिरी बस्तुलाई हात लगाएपछि खाना बनाउनु पूर्व, खाना खानुपूर्व, खाना खाइसके पछिको अवस्था वा बाथरुम प्रयोग गरिसकेपछि राम्रोसँग साबुनले हात सफा गर्ने । यदि घरमा कुनै बच्चा छ भने धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । बच्चालाई हात लगाउँनु पुर्व राम्रोसँग हात धुन जरुरी हुन्छ ।

 

  • घरको सफाइमा विशेष ध्यान दिने, भान्सा र शौचालयमा सफा गर्ने बानी बसाल्नु पर्छ । पानी कतैपनि जम्मा हुन नदिने । बेसिन रुपमा सफाई गर्ने तथा फिनाइल, फ्लोर क्लीनर आदिको प्रयोग गरिरहने । खानाको कुनै पनि किसिमले खुला नराख्ने । काँचो तथा पाकेका खाने कुरा छुट्टाछुट्टै राख्नु राम्रो हुन्छ । खाना पकाउने तथा खान प्रयोग हुने भाडा, फ्रिज, ओभन जस्ता वस्तुको नियमितरुपमा सरसफाई गर्ने । कहिले पनि चिसो भाडलाई र्याकमा नराख्ने साथै नसुखेका डिब्वाको ढक्कन नलगाउने ।

 

  • ताजा तरकारी तथा फलफूलको प्रयोग गर्ने । प्रयोगमा आउने मसला, अन्न तथा अन्य सामाग्रीको भण्डारण पनि सही तरिकाले गर्नुपर्छ साथै एक्सपायरी डेट हुने वस्तुको मितीमा पनि ध्यान दिनुपर्छ ।

 

  • धेरै चिल्लो, मसालेदारको उपयोग नगर्ने । खानाको सही तापमानमा पकाउने साथै धेरै पकाए तरकारीमा रहेको पौष्टिक तत्व नष्ट भएर जान्छ । ओभनको प्रयोग गर्ने समयमा तापमानको विशेष ध्यान दिनु पर्छ । खाना सधै ढाकेर राख्नुको साथै ताजा खाना मात्र खाने गरौं ।

 

  • खानामा सलाद, दूध, दही, हरियो सागसब्जी आदिको प्रयोग नियमित गर्ने । खाना बनाउन तथा पिउनलाई स्वस्थ पानीको प्रयोग गर्ने । सागसब्जी तथा फलफूल राम्रोसँग धोएर मात्र प्रयोग गर्ने ।

 

  • खाना बनाउनका लागि अनसेचुरेटेड तेलको प्रयोगमा प्राथमिकता दिने । खानामा नुन तथा चिनीको मात्रा कम प्रयोग गर्ने । जंकफूड, सफ्ट ड्रिंक तथा प्याकिङ गरीएको जुसको सेवन कम गर्ने । बेलुकाको खाना आठ बजेसम्म खाने र खाना हल्का फुल्का बनाउने प्रयत्न गर्नुपर्छ ।

 

  • विश्राम तथा सुत्ने कोठाको सफा, हावादार तथा खुल्ला राख्नुपर्छ । तन्ना, तकियाको खोल तथा पर्दा परिवर्तन गरी राख्नु पर्छ । साथै म्याट्रीस वा गद्दालाई पनि समय समयमा घाँममा सुकाउने गर्नु पर्छ ।

 

  • मेडिटेशन, योग वा ध्यानका प्रयोगले एकाग्रता बढाउने तथा तनावबाट मुक्त गर्ने हुँदा नियमित रुपमा गर्ने ।

 

  • दैनिक रुपमा कुनै एक व्यायाम गर्ने बानी बसालौं । यसका लागि दैनिक कम्तीमा पनि आधा घण्टा समय दिनु पर्छ । साथै व्यायामको तरिका परिवर्तन हुन जरुरी छ अर्थात कहिले एरोविक्समा गर्ने त कहिले सामान्य दौडने गर्नु पर्छ ।

 

  • ४६ वर्षपछि रुटिन जाँच गरिरहने र चिकित्सकले दिएको औषधि नियमित रुपमा सेवन गर्ने । प्रकृतिसँग नजिक रहन समय निकाल्ने । बच्चासँग खेल्ने, घरमा पालिएका जनावरका साथ दौडने, परिवारसँग हल्का मनोरञ्जनका लागि पनि समय दिने गर्नु पर्छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार