रौतहटमा भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते २१ जना मध्ये ६ जना गम्भीर छन् ।
चन्द्रपुर नगरपालिका–१ मंगलपुर नजिकै राजमार्गमा राति १ बजे तीर्थयात्रीलाई शौच गराउन रोकेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।
ना ६ ख ९०३० नम्बरको बसमा को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै भारतीय छन् ।
मृत्यु हुनेमा ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजयकुमार रहेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।







