धेरै पानी पिउनु पर्दछ, हरेक दिन ८ गिलास वा दुई लिटर पानी पिउनु पर्दछ’ यस्ता भनाई खुब सुनिने गर्दछन्।

‘पानी जीवन हो।’ पानी मानव शरिरका लागि एकदमै महत्वपूर्ण छ, त्यसकारण धेरै भन्दा धेरै पानी पिउनु अति आवश्यक छ।

तर, पानीलाई लिएर यस्ता कुराहरु पहिलादेखि भने थिएनन्। १९ औँ शताब्दी शुरु हुनु भन्न्दा अगाडि पानी पिउनु नराम्रो मान्ने गरिन्थ्यो। धनी मानिसहरु पानी पिउनु आफ्नो कमजोरी सोच्ने गर्थे। किनकी गरिबहरुले पानी पिएर आफ्नो पेट भर्ने गर्छन् भन्ने धनी मानिसहरुलाई लाग्थ्यो। त्यसैले पानी पिउनु उनीहरुको मान मयार्दाको खिलाप थियो।

तर, पछिल्लो समय ब्रिटेनमा मानिसहरु धेरै पानी पिउने गर्छन्। त्यसैगरी, अमेरिकामा अन्य पेय पदार्थ भन्दा पनि धेरै बोतलको पानीको माग बढिरहेको छ। अन्य देशहरु सँगसँगै भारतमा पनि मानिसहरुले धेरै पानी पिउन थालेका छन्।

मानिसहरुले पानी धेरै नपिउन पनि किन, दिन रात उनीहरुलाई धेरै पानी पिउने सल्लाह दिइन्छ। जति धेरै पानी पियो त्यति धेरै स्वस्थ हुनुका साथै चम्किलो छाला हुने गर्छ भन्ने गरिन्छ। यति मात्र नभएर धेरै पानी पिउनाले माटोपना कम गर्न सकिन्छ भन्ने भनाई पनि छ।

यति मात्र कहाँ हो र लण्डनमा मेट्रोमा हिँड्ने मानिसलाई पानी साथमा लिएर हिँड्न सल्लाह दिने गरिन्छ। त्यसैगरी, ब्रिटेनमा धेरै स्कुलहरुमा अनिवार्य पानी चाहिने नियमहरु छन्।

मानिसहरु भन्ने गर्छन्, हरेक दिन ८ गिलास पानी पिउनु पर्छ। तर, हरेक दिन ८ गिलास पानी पिउनु पर्ने यस्तो नियम कहाँबाट आयो र कसले ल्यायो र  कसले रिसर्च गर्यो भन्ने कुरा कसैले पनी पत्ता लगाउन सकेका छैनन्।

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार