सरकारले जेठ २६ गते माइतीघर मण्डलामा गुठीयारमाथि प्रहरी बलको बचाउ गरेको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त घटनबारे गृहमन्त्रीले जवाफ दिनु पर्ने माग गर्दै सोमबार संसद अवरोध गरेपछि मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलले गुठीयारहरुल सार्वजनिक यातायात अवरोध पुर्‍याएको र पटक-पटकको चेतावनीलाई अवज्ञा गरेपछि सरकार उनीहरुमाथि बल प्रयोग गर्न बाध्य भएको बताएका छन्।

उनले घटना दुखद भएको भन्दै प्रहरी र प्रदर्शनकारी दुवै पक्ष घाइते भएको र उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेपनि सरकारले यस्ता गतिविधिलाई कुनै पनि हालतमा रोक्ने बताएका छन्।

भविष्यमा पनि यस्ता कानुनलाई आफ्नो हातमा लिने काम भएमा सरकारले त्यसलाई प्रतिकार गर्ने चेतावनी उनले दिए।

थापाले भने,‘ प्रर्दशनकारीले सार्वजनिक आवागमन रोके, त्यो नरोक्ने पटक-पटक आग्रह गरे पनि प्रदर्शनकारीले त्यसलाई स्वीकार गरेनन्। त्यसपछि पानी फोहोराबाट तितरवितर गर्ने प्रयास गरेको थियो प्रहरीले । तर प्रर्दशनकारीले ढुंगा र इट्टा प्रहार गरे । प्रहरी पनि घाइते भएका थिए । त्यो क्रममा प्रर्दशनकारीलाई नियन्त्रण लिएपनि पछि छोडिसकेको छ।’

उनले राज्यले शान्तिपूर्णरुपमा विरोध गर्ने अधिकार कुण्ठित नगरेको र उल्टै रक्षा गरेको दाबी गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार