मुम्बई । अमिताभ बच्चन नाम नै बलिउडको परिचय हो । उनलाई भारतीय सिनेमा जगतले महानायकको उपाधि दिएको छ । उनका हरेक काम कुराहरु सबैका लागि चासोको विषय बन्नु स्वभाविक नै हुन्छ ।

यो बिचमा बच्चनको ट्विटर एकाउन्ट सोमबार अबेर राति ह्याक भएको खबर आएको छ । ह्याकरहरूले अमिताभको ट्विटर ह्यान्डलमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो हालेका थिए । उनीहरूले ह्याक गरेर ३ वटा ट्वीट समेत गरेका थिए । एक ट्विटमा ‘लभ पाकिस्तान’ समेत लेखिएको थियो ।

सुरूवाती जानकारीका अनुसार टर्कीको पाकिस्तान समर्थक अयालडिज टिमले अमिताभको एकाउन्ट ह्याक गरेको हो । अन्य ट्वीटमा पाकिस्तान र टर्कीको झण्डा हालिएको थियो । यसैगरी ह्याकरहरूले ट्वीटरको प्रोफाइल र कभर तस्वीरसमेत परिवर्तन गरिदिएका थिए ।

ह्याकरहरूले आफ्नो पहिलो ट्वीटमा ‘यो सारा संसारका लागि महत्वपूर्ण सन्देश हो । हामी टर्कीका खेलाडीप्रति आइसल्यान्डमा गरिएको व्यवहारको निन्दा गर्छौं ।

हामी हाम्रो कुरा सहज तर दृढतापूर्वक राख्छौं र तपाईलाई ठूलो साइबर हमलाको बारेमा सचेत गराउन चाहन्छौ । अयालडुज टिम टर्किस आर्मी ।’ मुम्बई प्रहरीको सहयोगमा अहिले बच्चनको एकाउन्ट सामान्य अवस्थामा फर्केको छ । एजेन्सी

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार