सुन्दरता मानिसका लागि वरदान हो । तर, कहिलेकाँही त्यही सुन्दरताले मानिसलाई हानी पनि पुराउँदो रहेछ ।

यस्तै भएको छ, टर्कीस एयरलाइन्सकी एक एयरहोस्टेजलाई । भड्किलो कपडा लगाएको र सेक्सी भएको आरोपमा उनलाई जागिरबाट निकालिएको छ ।

जागिर निकालामा परेकी ३१ वर्षीया एयरहोस्टेज जुहाल सेंगुल मोडल पनि हुन् । एक इटालियन म्यागजिनमा उनको तस्वीर प्रकाशित भएको विषयलाई उनको जागिर खोसिएको हो । भड्किलो पहिरनमा उनको भिडियो र तस्वीर हेरेपछि कम्पनीले उनलाई निकाल्ने निर्णय गरेको हो । युट्युबमा अपलोड गरिएको भिडियोमा जुहाल बिकिनीमा देखिएकी छन्। जुहाल भेगेन लाइफस्टाइलको क्याम्पेनर पनि हुन् ।

गत वर्ष टर्की एयरलाइन्सले एयरहोस्टेजको लिपस्टिक र कलरफुल मेकअप प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । अधिकारीहरुका अनुसार टर्की तिब्रताका साथ रुढीवादी इस्लाम र धर्म गुरुको कब्जामा जाँदैछ । एजेन्सी

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार